जनता “मारेर” बस्न कसरी सकेको छ सरकार ? – नारायणकाजी श्रेष्ठ

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


नेकपा (माओवादी)का नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनता “मारेर” बस्न कसरी सकेको छ सरकार ? भन्दै कडा टिप्पणी गरेका छन् । उनी भन्छन् यो सरकारको गैर जिम्मेवारी र नालायकीको हद भयो।आइसियु र भेन्टिलेटर को कुरा छाडौँ, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरू त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेका छन्

यो सरकारको गैर जिम्मेवारी र नालायकीको हद भयो।आइसियु र भेन्टिलेटर को कुरा छाडौँ, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरू त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेका छन् ।राजधानीका कतिपय ठुला अस्पतालहरूले भर्ना भई उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबट बाहिर पठाई रहेका छन् भने कतिपय अस्पतालले अव कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन् ।

बुटवललगायतका अस्पतालहरूले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरूको  मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डाड्ड सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।यसरी गर्न सक्ने काम पनि नगरी जनता “मारेर” बस्न कसरी सकेको छ सरकार ? यस पटक अग्र पङ्क्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मी हरूको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ- आफ्नो ठाउँबाट जे जे गर्न सकिन्छ ,सबै लागौँ ।

 


प्रतिक्रिया दिनुहोस्