भो अब झगडा नगरौँ : योगेश भट्टराई

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


नेकपा(एमाले)का नेता योगेश भट्टराईले सर्वदलीय सहकार्यमा जोड दिएका छन् । अस्वस्थ राजनीतिक खेलले असन्तुष्टि बढेर व्यवस्था ले धरापमा पर्न सक्ने भन्दै उनी भन्छन- राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।

सरकारलाई ध्यानाकर्षण भन्दै  योगेश भन्दछन

 आज विश्व नै कोभिडबाट आक्रान्त छ  हरेक दिन बिरामीहरूको अकाल मृत्यु र उनीहरूका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरू लाचार बनिरहेको अवस्था छ । हाम्रो देश अझ सङ्कट तिर जाँदै छ । विगतदेखि कै सरकारहरूले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रूपमा लिएर पर्याप्त काम नगरेका कारण आज यो विस्फोट बन्न पुगेको छ । बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौ । यस्तो संवेदनशील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलहरूले सरकार, राज्य यन्त्र तथा राजनीतिक नेत्रित्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्न सक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्दछ ।

निम्न विषयमा सरकारको ध्यानाकर्षण गर्दछु ।

१. अहिले तुलनात्मक रूपमा चिना कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यस रिनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।

२. २०७२ को महा भूकम्प पछि जसरी राजनीतिक विमतिहरूलाई थाती राखेर सरकार र राजनीतिक नेत्रित्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बिचमा १६  बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।

३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।

४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।


प्रतिक्रिया दिनुहोस्