ओलीले यस कारण पकाउँदै छन् माधव नेपाललाई

प्रकाशित मिति : असार २, २०७८ बुधबार


एमाले अध्यक्ष ओली नेतृत्वमा रहेको सरकारले विश्वासको मत आर्जन गर्न नसकेपछि अहिले नयाँ सरकार गठनको प्रक्रियामा नेपाल पक्ष निर्णायक हुन पुगेको छ । नेपाल पक्ष जति निर्णायक बनेको छ त्यति नै अनिर्णीत पनि बनेको छ ।

नेपाल पक्षका सांसदले राजीनामा दिए विपक्षी दल नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनका लागि बल्ल सहज हुनेछ तर जनता समाजवादी पार्टी मै विवाद भएको बेलामा राजीनामा दिँदा आत्मघाती कदमा साबित हुने डर पनि नेपाल पक्षमा छ ।

यो बेलामा नेपाल पक्षको मनोविज्ञान बुझेका ओलीले नेपाललाई पकाउँदै पेल्दै गर्ने रणनीति बनाएका छन् । ओली आँफैले माधव सँग डिल गर्दा कुरा पनि नमिल्ने र माधव पक्ष उत्तेजित भएर राजीनामा दिने सम्भावना भएकाले दोस्रो तहका नेताहरू परिचालन गरेर माधव-खनाललाई मत्थर बनाउने नसके आज साझ  सम्म अलमलाउने नीति ओलीले लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वानको समय सीमा यही वैशाख ३० गते साँझ ९ बजेभित्र सकिँदै छ । यो समय भित्र दलले मात्र दाबी गरेर बहुमत पुर्‍याउने सुविधा छ । आज ९ बजे पछि गठबन्धनले टाउको नै गनेर बहुमत पुर्‍याए मात्र सरकारमा दाबी गर्न सक्नेछ । त्यसैले माधव पक्षले दिने राजिनामाको महत्त्व पनि ९ बजेपछि घटेर जानेछ ।


प्रतिक्रिया दिनुहोस्