सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि रु १ करोड ४ लाखको सहयोग

प्रकाशित मिति : असार २, २०७८ बुधबार


सिद्धार्थ बैंक लिमिटेडले २०७८ वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि रु १ करोड ४ लाख सहयोग प्रदान गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० लाखका दरले रु ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु २ लाखका दरले रु ३४ लाख सहयोग गरेको हो ।

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ भने बैंकले ग्राहकहरुको सहजताकालागि घरैमा बसी प्रबिधि मैत्री डिजिटल माध्यमबाटपनि बैंकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ । बैंक आफ्ना ग्राहक महानुभावहरुलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहकयोग पु¥याइदिनुहुन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्