गण्डकीमा जनमोर्चाका दुई सांसद तटस्थ बस्दा फेरि पनि पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री 

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गएकी थिइन । उक्त समय सीमा आज दिउँसो ४:०० बजे सकिएको छ ।

यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेकामा अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र प्रदेश सभा सदस्य खिम बिक्रम शाहीले पार्टीको ह्विप नमान्दा काँग्रेससहितका दललाई समस्या परेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै कायम रहने भएका छन् । एकतीस सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ छन् भने एक जना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन्  ।

त्यस्तै नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस्