द हिन्दुस्तान टाइम्सको सम्पादकीय : ओलीलाई निरन्तरता दिन भारतको सुझावमा महन्त ठाकुर तटस्थ

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्सले एक सम्पादकीय लेख्दै नेपालको विद्यामान राजनीतिक परिस्थितिको विश्लेषण गरेको छ । जनता समाजवादी पार्टीको एउटा पक्ष भारतको सुझावमा तटस्थ बस्दा कामचलाउ प्रधानमन्त्रीले नै देश चलाउने स्थिति बनेको विश्लेषण गर्दै द हिन्दुस्तान टाइम्स लेख्छ यो नेपालमा अर्को चरणको अस्थिरता सुरु हुने सङ्केत हो ।

नयाँ सरकार गठनका लागी तीन पार्टीहरू काङ्ग्रेस , माओवादी र जसपा एक ठाउँमा उभिनु पर्ने स्थितिमा भारतको सुझावमा नै महन्त ठाकुर तटस्थ बसेको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । यसको पछाडिको कारणमा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिन भारतले चाहेको द हिन्दुस्तान टाइम्सले दाबी गरेको छ ।

द हिन्दुस्तान टाइम्सले आफ्नो सम्पादकीयमा नेपालमा गरिरहेको राजनीतिक हस्तक्षेप बाट पछाडि हटेर भारतले स्वतन्त्र राजनीतिक प्रक्रियालाई विकास हुन दिनु पर्ने बताएको छ ।द हिन्दुस्तान टाइम्सले जसले नेतृत्व गरे पनि समर्थन गर्दै महामारीको अवस्थामा आफ्नो सबै भन्दा निकट छिमेकी नेपाललाई भरतले सक्दो सहयोग गर्नु पर्ने आफ्नो धारणा समेत राखेको छ ।


प्रतिक्रिया दिनुहोस्