सरकार तेरो पानी जहाज लैजा मलाई एक सिलिन्डर अक्सिजन दे ! कवि अर्जुन पराजुली

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


बजारमा अक्सिजनको अभाव भए पछि ६२/६३ को जन आन्दोलनमा आगो ओकेल्ने जनताका कवि भनेर चर्चित भएका अर्जुन पराजुलीले यस्तो कविता लेखेका छन् ।

सरकार !
तेरो पानीजहाज लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट- सिटी लैजा
समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा
पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा
मेरा बाको औँठी लैजा, घडी लैजा
मेरी आमाको तिलहरी लैजा

सरकार !
यी सबैको बदलामा तैँले
मलाई एक सिलिन्डर अक्सिजन दे !

(अर्जुन पराजुलीको फेसबुकबाट साभार )


प्रतिक्रिया दिनुहोस्