आज बैशाख २९ गते बुधवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तनावलाई नजर अन्दाज नगर्नु आफूलाई शान्त राख्ने प्रयास गर्नु पर्ला । आर्थिक पक्ष राम्रो छ । आफ्नो धन फिर्ता आउनु पर्ने भए आउने सम्भावना छ । परिवारमा एकदमै राम्रो माहौल छाउला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  केही बाधा व्यवधानको सामना गर्नु पर्ला तर कोही नजिकको मित्रले अप्रत्याशित सहयोग गर्ला । प्रेममा रमाइलो पल छाउने छ । परिवारमा खुसीले घर गर्ला ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) शेयर , जग्गा जमिन वा सुन खरिद गर्दा लाभ होला । आफ्नो कुरामा ढिपी नगरी अरूको सुन्दा सफलता हात लाग्ला । अप्रत्याशित रूपमा भेटिने मानिसले थोरै सान्ती खलबलाउन सक्ने छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  दौडधुपमा समय बित्ने छ । फुर्सद मिलेको समयमा रचनात्मक भइने छ । महत्त्वपूर्ण जानकारी हात लाग्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  नयाँ मित्र सँगको भेटले चित्त प्रसन्न रहला । फजुल खर्च हुन सक्ने छ । परिवारको साथ सहयोगले दिन राम्रो सँग व्यतीत हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  स्वास्थ्यमा ध्यान दिनु पर्ला । राम्रो नराम्रो दुवै सुन्न पर्ला । समग्रमा दिन राम्रो छ । पारिवारिक जीवनमा खुसी छाउला ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  आवश्यकता भन्दा ज्यादा चिन्ता नलिने प्रयास गर्नु पर्ला । सकारात्मक सोचले नकारात्मक धारणाहरू माथि विजय पाउला । धार्मिक कार्यमा मन जाला । वैवाहिक जीवनमा आज महत्त्व पूर्ण दिन हुन सक्ने छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरमा प्रियजन आगमन होला । नयाँ कार्य सुरु गर्न उत्तम समय रहेको छ । पुराना दिनहरू याद आउनेछ । परिवारमा भएको असमझ दारी हट्ने छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनमाल हराउने चोरी हुने सम्भावना छ । आफ्नो सोचमा पुनर्विचार गर्नु पर्ने देखिन्छ । जीवन साथीको साथले सफल बनाउला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  स्वास्थ्यमा बाधा आउन सक्छ , धन आर्जन हुनेछ रोकिएका काम बन्नेछन् । बोलिमा सचेत रहनु पर्ला ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज तपाईँमा ऊर्जाले घर गर्नेछ , आटेका कठिन काम पनि सजिलै पुरा होलान् । आकर्षण र प्रभाव बढ्ने छ । आत्मविश्वास आज धेरै भएकाले बोलीले अरूको चित्त नदुखाउने प्रयास गर्नु पर्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आर्थिक लाभ होला , गएको धन फिर्ता आउनेछ । मनोरञ्जनमा ध्यान जाला । काममा मन स्थिर रहने छैन । परिवार सँग बिताएको समयले मनमा सन्तोष पैदा गर्ला ।

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्