पार्टी फुटाएर ,सांसद किनेर सरकार बनाउने खेलमा नलाग्न चेतावनी देउवालाई कमल थापाको चेतावनी

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


राप्रपा अध्यक्ष कमल थापाले अपवित्र गठबन्धन बनाएर पार्टी फुटाएर सांसद किनेर सरकार बनाउने खेलमा  नलाग्न चेतावनी दिएका छन् । उनले बरु छ महिना भित्र चुनाव गरेर देशलाई निकास दिने दिशामा जान अनुरोध गरेका छन् ।

उनी भन्दछन् अपवित्र  गठबन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्काररअभ्यासले कङ्ग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ
निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६महिना भित्र नय चुनावमा गरौं।विगतका त्रुटि कमजोरी हटाऔँ।चुनाव मात्र विद्यमान सङ्कटको समाधान हो।  सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत अहिले कोरोना महामारी विरुद्ध केन्द्रित गरौँ।राष्ट्रिय सङ्कल्प र प्रयास भयो भने केही महिना भित्र कोरोनाको कहरबाट देशले मुक्ति पाउन सक्छ। अनि उत्साहका साथ चुनावमा जाऔँ।अस्थिरताको वातावरणमा मौलाएको भ्रष्टाचार,सर्वसत्तावाद र धर्परिवर्तनलाई पराजित गरौँ ।


प्रतिक्रिया दिनुहोस्