नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भईसक्योः डाक्टर चन्द्रमणि अधिकारी

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याब्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिनुभएको छ । काठमाण्डौ महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोविड अस्पतालका प्रमुख संग गरेको छलफलमा डाक्टर अधिकारीले “हेल्थ सिस्टम नै कोल्याब्स” भएको दाबी गर्नुभएको हो ।

सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सिमित भएको र जिम्मेबार निकायले दायित्व पुरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “हाम्रो हेल्थ सिस्टम कोल्याब्स भईसकेको छ । यसको उदाहरण मेरो अस्पतालको दिन्छु । हामीलाई नेपाल सरकारले तिमी मुटुको विरामी हेरिदेउ र मुटुका विरामीलाई यदि कोभिड लाग्यो भने त्यसको जिम्मा लेउ । म अहिले पनि लिन सक्छु । तर अर्को हस्पिटलले कोभिड मात्रै भएका विरामीलाई जिम्मा लिईदिओस् ? तर कसैले पनि जिम्मा लिन सक्क्तैन अहिले । किनभने हाम्रो सिस्टम कोल्याप्स भईसकेको छ । हामीले जति बेड बनाउनुपर्ने त्यो बेड बनाउन सक्ने अवस्थामा नै छैनौ ।

स्वास्थ्य मन्त्रालयले कोभिडको पहिलो वेभ आएको बेलामा नै सम्पुर्ण सरकारी अस्पतालका निर्देशकलाई बोलाएर कति बेड व्यवस्थापन गर्न सक्छौ भनेर भन्नुपथ्र्यो । बेड व्यवस्थापन गर्ने कुरा एक दिनको कुरा होइन । म दुखका साथ भन्छु । विर अस्पतालको ५ सय सैयाको छ तर संञ्चालन गर्न नसक्नु अहिलेसम्म भनेको लाजमर्नुको अवस्था हो । हामी के हेरेर बसिरहेका छौ ? हाम्रा विरामी इमर्रजेन्सी बाहिर बसिरहेका छन् । ५ सय सैयाको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने । यसको जिम्मा कस्ले लिने ?यो मिटिङ १ बर्ष अगाडि सुरु गर्नु पथ्र्यो । ”

 

उहाँले उपचारको लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उहाँले ७० बर्ष भन्दा माथिका लाई भेन्टीलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले विर अस्पताल एक बर्षसम्म किन सञ्चालन गर्न सकिएन भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “ ५ सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौ । किन चलाउन सकिरहेका छैनौ ? एक बर्ष भयो किन चलाउन सकिरहेका छैनौ ? कसैले एन्सर गर्न सक्छ यो ? खै प्लानिङ ?”
सबै अस्पतालहरुमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) विरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका विरामीको उपचार गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “हाम्रो अस्पताल कोभिड अस्पताल थिएन । अब हाम्रो अस्पताल कोभिड अस्पताल भईसक्यो । अहिले थप गरेर २१ वटा आईसियु बनाएका छौ । अब हाम्रोमा कुनै पनि आईसियु छैन । इरजेन्सीलाई पनि फुल कोभिड बनाएका छौ । हामीले अर्को अस्थायी किसिमको संरचनालाई इमरजेन्सी बनाउनुपरेको छ । अहिले मलाई एउटा फोन आईरहेको थियो एकजना मुटुसम्बन्धी रोग लागेको विरामीलाई लिईदिनुहोस् । हामीले लिन सक्ने अवस्थामा छैनौ । ९० वटा सिलिण्डर प्रतिदिन प्रयोग गर्ने गरेकोमा अहिले हामीले १ सय ८५ सिलिण्डर प्रतिदिन प्रयोग गरिरहेका छौ । ”

 

उहाँले सरकारले पनि कोभिड १९ को पहिलो लहर आउने बेलामा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेपनि ढिलै भएपनि महानगरले पहल गरेकोमा धन्यवाद दिनुभयो ।
विर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले अक्सिजनको अभावका कारण अपेक्षित ढंगले काम गर्न नसकेको बताउनुभयो । उहाँले ५ सय सैयाको अस्पताल भवन हस्तान्तरण नभईसकेकाले भवन संञ्चालन भएन भनेर भन्न नमिल्ने तर्क गर्नुभयो । भवन निर्माण भएर हस्तान्तरण भईसकेको अवस्था नरहेपनि आफुहरुले ३ सय बेडको व्यवस्था गरिसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “भवन निर्माण भएर हस्तान्तरण भईसकेको अवस्था होइन । तर हामीले ३ सय बेडको व्यवस्था गरिसकेका छौ । अक्सिजन प्लाण्टबाट दैनिक १ सय ५० सिलिण्डर उत्पादन हुन्छ । दुईवटा भवनमा गरेर ३ सय सिलिण्डर प्रतिदिन खपत भईरहेको तर सप्लायर्सले १ सय २३ सिलिण्डर भन्दा बढी दिदैन अनि मैले कसरी गर्नसक्छु ? ” नसकेकाले आफुले
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोविड अस्पताललाई विरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत साधनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 

उहाँले भन्नुभयो ‘महामारी रोक्न कस्ता सामाग्री तथा उपकरण आवश्यक पर्छन् । तिनको बजारमा उपलब्धता कस्तो छ? यसै भन्न सकिने अवस्था छैन । तर, महामारी नियन्त्रणमा हामीले हात उठाउन मिल्दैन । उपलब्ध साधनको उच्चतम उपयोग गरेर महामारी रोकौँ । हाम्रो प्राथमिकता भनेको संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु हो । यसका लागि तपार्ईहरुलाई आवश्यक पर्ने थप स्रोतमा हामी सहयोग गर्छौँ ।’
उहाँले चर्चा कमाउन नभई अस्पतालमा परेको विरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्ने बताउनुभयो । अन्य थप संयन्त्र बनाएर भन्दा अस्पतालहरुको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उहाँको भनाइ थियो ।

छलफलमा त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामति कर्मचारी अस्पतालका निर्देशकहरु डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सक सहभागी हुनुहुन्थ्यो ।
सहभागीहरुले अक्सिजन व्यवस्थापनमा देखिएको कठिनाई, जनशक्तिलाई प्रोत्साहन र , व्यक्तिगत सुरक्षा सामाग्रीको पर्याप्त उपलब्धताको साथै आपतकालीन सेवाका लागि सामान खरिद गर्न खरिद सम्बन्धि प्रक्रिया लामो भएकाले सहजीकरण गर्न आग्रह गरेका थिए ।

 

उनीहरुले भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को संख्या बढाउँदै लगेको भएपनि अहिले ती सबै विरामीले भरिएको भन्दै वेडको संख्या वृद्धि संगै जनशक्तिको भार पनि थपिने भएको आर्थिक व्यवस्थापन गर्न सके महामारी विरुद्ध काम गर्न सहज हुने बताए । उनीहरु कोभिड विरामीको उपचारका लागि थप गरिने कार्यका लागि महानगरले निशर्त वा ससर्त अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशाकसीय अधिकृत राजेश्वर ज्ञवाली, ‘कोविड अस्पताल व्यवस्थापन शिफारिस समिति’का संयोजक दिपक के. सी. सहित महानगरका अधिकारीहरु सहभागी थिए ।

 


प्रतिक्रिया दिनुहोस्