नेपाली सेनाले काठमाडौंमा २ सय बेडको आइसोलन तथा अक्सिजन थेरापी सेन्टर संचालन गर्ने

प्रकाशित मिति : असार २, २०७८ बुधबार


कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ । केही दिन भित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले निरीक्षण गर्नुभएको छ । सुविधा सहित तत्काल ८८ शैयाको अक्सिजन थेरापी संचालन गर्न लागिएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ ।

आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आईसोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ । केन्द्रको निरीक्षण पछि सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाएको र सोही अनुसार विरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदान प्रंसम्सनिय भएको बताउनुभयो ।

उहाँले यो केन्द्र संञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतका सहभागिता थियो । आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।


प्रतिक्रिया दिनुहोस्