माधव पक्षको राजीनामा बिना बहुमत असम्भव , तर किन राजीनामा दिँदैनन् माधव नेपाल ? यस्तो छ रहस्य 

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


बहुमत जुटाउन प्रयास गरिरहेका माओवादी(काङ्रेसले माधव नेपाल पक्षका सांसदहरूलाई राजीनामा दिन दबाब दिइरहेका छन् । माधव पक्षले राजीनामा नदिँदा सम्म बहुमत जुटाउन गाह्रो हुने भएकाले माधव नेपाले पनि ठुलै सर्त राखेको चर्चा चलेको छ ।

माधव पक्षको राजीनामा बिना बहुमत असम्भव छ , तर एमाले स्रोतका अनुसार उनले राजीनामा दिएका प्रत्यक्ष निर्वाचित सांसदहरूलाई फेरी जिताएर ल्याउनु पर्ने देखी १ वर्ष पछि चुनावी सरकारको नेतृत्व आफूले पाउनु पर्ने सम्मको माग राखेका छन् ।

अर्को तिर माधव नेपालले नयाँ पार्टी गठन गर्दा उनको पक्ष पनि पुन विभाजित  हुने बताइन्छ । ओलीले नहटाउँदा सम्मा अर्को पार्टी गठनको दिशामा जान नहुने दबाब उनकै युवा नेताहरूले  दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्