बरालियो वैकल्पिक सरकार निर्माणको पहल , सबैका आफ्ना-आफ्नै सर्त !

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौँ ।यही वैशाख ३० गते साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेस गर्न आह्वान भएको बेलामा वैकल्पिक सरकार निर्माणको पहल पनि बरालिएको जस्तो भएको छ । प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न एक ढिक्का भएर लागेका नेताहरू अहिले आएर आफ्ना गुट गत स्वार्थमा अल्झिएका छन् ।

बहुमत जुटाउन प्रयास गरिरहेका माओवादी(काङ्रेसले माधव नेपाल पक्षका सांसदहरूलाई राजीनामा दिन दबाब दिइरहेका छन् । माधव पक्षले राजीनामा नदिँदा सम्म बहुमत जुटाउन गाह्रो हुने भएकाले माधव नेपाले पनि ठुलै सर्त राखेको चर्चा चलेको छ । श्रोतका अनुसार उनले राजीनामा दिएका प्रत्यक्ष निर्वाचित सांसदहरूलाई फेरी जिताएर ल्याउनु पर्ने देखी १ वर्ष पछि चुनावी सरकारको नेतृत्व आफूले पाउनु पर्ने सम्मको माग राखेका छन् ।

 

महन्त ठाकुरले वैकल्पिक सरकार निर्माण प्रयास लाई नसघाउने बताइ सकेका छन् भने , देउवा अगाडि नसरे बाबुराम पनि विकल्प हुन सक्ने कुरा चर्चामा आउन थालेको छ ।

यसरी पार नलाग्ने अवस्था आएमा देउवा पनि ओली सँगै मिलेर चुनाव घोषणा तिर जाने अवस्था आउने काङ्ग्रेसकै नेताहरूको दाबी रहेको छ ।यही वैशाख ३० गते साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेस गर्न आह्वान भएको हो ।

 


प्रतिक्रिया दिनुहोस्