यसरी ढल्यो ओली सरकार

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत आएको हो । सरकारको नेतृत्वका लागि आफु नै उपयुक्त पात्र रहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराउनुभएको थियो ।

विश्वासको मतको प्रस्तावमाथि भएको मतदानको परिणाम सुनाउदै सभामुख अग्नि प्रसाद सापकोटाले संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको प्रस्तावको पक्षमा ९३ मत परेको र सो संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको बहुमत नरहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभयो ।

प्रधानमन्त्री ओलीमाथि विश्वास छ भनी ९३ जना सांसदले मतदान गरेका छन् भने प्रधानमन्त्री ओलीप्रति विश्वास छैन भनी १ सय २४ सांसदले मतदान गरेका छन् । १५ जना सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका छन् । आजको बैठकमा २ सय ३२ जना सांसद उपस्थित थिए । मतदानमा प्रधानमन्त्री ओलीकै दलका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहका सांसदहरु भने बैठकमा नै उपस्थित भएनन् । नेकपा एमालेले संसदीय दलले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय नै गरेका थिए । मधेश केन्द्रित दल जसपाका सांसदहरु भने पक्ष र विपक्षमा विभाजित थिए । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने संबैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई गरेको सम्बोधनमा  ब्यक्त बिचार 

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितका विविध पक्षमा काम गरेको र सफलता पनि मिलेको भन्दै आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाईएको प्रतिनिधिसभाको विशेष अधिवेशन को दोश्रो बैठकलाई सम्बोधन गर्दै सरकारले देश र जनताका चासोका हर विषयमा सफलता प्राप्त गरेको भन्दै विश्वासको मत लिनका लागि तीनै कार्य नै पर्याप्त भएको बताउनुभयो । उहाँले संविधान शंसोधनका लागि आफु तयार रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विखण्डनको राजनीति सधैका लागि अन्त्य गरेको, देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सवालमा कुनै विवाद नरहेको, पृथकतावादी सोच राख्नेलाई राजनीतिक मुलधारमा ल्याएको, राजनीतिक इच्छा आकांक्षा पुरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच लिएकालाई पनि संवादको माध्यमबाट शान्तिपुर्ण राजनीतिको मुलधारमा ल्याएको, दशकौ देखिको हिंसाको राजनीति अन्त्य गराउन पहल गरेको भन्दै आफुलाई विश्वासको मत दिनु नपर्नेुपर्ने कारण नै नरहेको तर्क गर्नुभयो ।

उहाँले विकास निर्माण, पुर्वाधार, सडक निर्माण, पुल, धरहरा पुर्ननिर्माण, सिंचाई आयोजनाहरु लगायतको फेयरिस्त प्रस्तुत गर्दै आफ्नो नेतृत्वको सरकारले जनजीवीकाका सवालमा नयाँ कामहरु गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “बैचारिक संलग्नतामा नभई सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौ । सावैभौम जनताको हितहरुको प्रतिनिधित्व हामी गर्छौ । यस्तो अवस्थामा आफ्नो स्वार्थबाट निर्देशित भएर होइन । आवद्धता वा संलग्नतालाई हेरेर होइन । सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था रहेको छ र त्यसैलाई पछ्याएर निर्णय गर्नुपर्छ । ”

सरकारले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता अक्षुण राख्ने सवालमा उपलब्धिमुलक काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रियताको रक्षा र स्वाधिनताको रक्षा, भौैगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्र्दभमा , राष्ट्रिय हितलाई सर्वोपरी राखेर व्यवहार गर्ने र राष्ट्रिय स्वभिमान माथि उठाउने सवालमा वर्तमान सरकारले कुनै पनि कसर बाँकी नराखेको कुरा स्पष्ट छ । हामीले लिएका अडान, व्यवहार र प्राप्त गरेका उपलब्धिहरु आफै बोल्छन् । सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन । हामी आईडोलोजिक अडानलाई अनुचित महत्व दिन्छौ भने वेग्लै कुरा होला । होइन भने यसमा अविश्वास गर्नुपर्ने वा विश्वास गर्न नसकिने कुनै कारणै छैन । ”

सरकारले असाधारण र दुरगामी महत्वका काम गरेको र मान्छे बस्न लायकको देश बनाउनुको साथै हेर्न लाज नहुने समाजको निर्माण गरेको दाबी गर्नुभयो । उहाँले अराजनीतिक हतकण्डा अपनाउने काम वर्तमान सरकारले नगर्ने, कसैलाई विभेद नगर्ने भन्दै विश्वास नगर्नुपर्ने कुनै कारण नै नरहेको बताउनुभयो । सरकारले देश र जनताका लागि वर्तमान सरकारले असाधारण काम गरेको भन्दै उहाँले सत्यलाई स्वीकार गर्ने हो भने आफुलाई विश्वास नगर्नुपर्ने कारण नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “सत्यलाई स्वीकार गरेर अघि बढ्ने हो भने यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन । यस सदनको विश्वास छ भन्ने आवश्यक ठानेकाले म यस सदनमा उपस्थित भएको छु । सदनको आफुमाथि विश्वास छ भन्ने कुरा प्रष्ट गर्न चाहेको हो । ”

उहाँले राजनीति भनेको स्वार्थ पुरा गर्ने शस्त्र मात्रै नभएको भन्दै देश बनाउने संकल्पका रुपमा बुझ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “राजनीतिक शक्तिहरुका बीचमा घाउ कोट्याई कोट्याई, किन चुडिँदैन भनेर तानी तानी चुडाँउने, किन भत्किदैन भनेर भत्काउने र पनि शान्ति सुव्यवस्थाको स्थिति छ । सभामुख महोदय, राजनीतिलाई के बनाईरहेका छौ हामीले रु राजनीतिलाई स्वार्थको दुनो सोच्याउने शस्त्रको रुपमा पनि बुझ्दैछौ किरु देश बनाउने संकल्पको रुपमा बुझ्दै छौ राजनीतिलाई । राजनीति देश बनाउने । राजनीति देश र जनताको सेवा गर्ने एउटा माध्यम हो । ”

संसद पुर्नस्थापना भईसकेपछि पनि अहिले सम्म आफुलाई कसैले अविश्वास नगरेको भन्दै उहाँले विश्वासको मत दिनको लागि आग्रह गर्नुभयो । उहाँले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै पार्टी भिन्न भईसक्दा पनि आफुले विश्वासको मत लिन्छु नभन्ने बेलासम्म समर्थन फिर्ता नलिइएकाले सुदृढ समर्थन रहेको भन्दै फेरि पनि विश्वासको मत दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “ पार्टी अलग भईसक्दा पनि समर्थन फिर्ता त लिनुभएन । कति सुदृढ समर्थन रहेछ त । मैले आफैले विश्वासको मत लिन्छु नभनेसम्म त समर्थन फिर्ता लिनुभएन । केही दिन भएको छ । केही विग्रिएको छैन । आज फेरि विश्वासको मत दिनु । यदि कसैले नदिने निर्णय गरेर आउनुएको छ भने पनि नेताले यही दिनु भन्दिएपछि सांसदहरु खुसी हुनुहुनेछ । म आज संविधानको धारा १ सय को उपधारा १ बमोजिम विश्वासको मत माग्न चाहन्छु र विश्वासको मत छ भन्ने कुराको पुष्टी यस सदनले गरोस् भन्ने चाहन्छु । ”

प्रधानमन्त्री ओलीले सरकारको ध्यान कोभिड १९ संक्रमणको रोकथाम र उपचारमा केन्द्रीत रहेको र आफ्ना कार्यहरुलाई प्रभावकारी रुपमा अघि बढाईरहेको दाबी पनि गर्नुभयो । उहाँले वर्तमान अवस्थामा विभिन्न विचार र संस्थागत मत भिन्नतालाई थाती राखेर कोभिड विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । सरकारका प्रयासहरुमा सबैको साथ आवश्यक रहेको र कोभिड विरुद्ध लड्नु सबैको साझा उत्तरदायीत्व भएको पनि उहाँले स्मरण गराउनुभयो । उहाँले स्थिरता र स्थायीत्वका साथ एकतावद्ध भएर, जनताले देख्ने र बुझ्ने गरि अनुभव हुने गरी काममा जुटिरहेका बेला सरकारलाई सहयोग गर्दे सबै एकजुट भएर लागेको हुनुपर्नेमा त्यसो हुन नसकेको दुखेसो गर्नुभयो । उहाँले मुलुकमा देखिएका पछिल्ला गतिविधि, चिन्तन र ध्यानहरु विषय केन्द्रीत हुन नसकेकोको गुनासो पनि गर्नुभयो ।

उहाँले सरकारले चालेका सकारात्मक कदममा कसैको साथ नभएको र अनेक अप्ठ्याराहरुको सामना गर्नुपरेको गुनासो गर्नुभयो ।उहाँले भन्नुभयो “प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने र सरकारमाथि हिलो छ्याप्ने र कोभिड विरुद्धको औषधी खरिदमा भएको भनिएको भष्ट्राचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने खालका क्रियाकलाप भए ।” उहाँले सरकारको नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य भएको भन्दै साझा संकट समाधान गरिरहेका बेला कसैले भ्रष्टाचार गरेको भए कारवाही गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस्