कहिलेकाहीँ देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कोतिर हुने : केपी शर्मा ओली

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरुद्ध भ्रमपुर्ण हल्ला फैलाउने काम नगर्न चेतावनी दिनुभएको छ ।आफ्नो विश्वासको मतको प्रस्तावका सम्बन्धमा सदनमा आएको जिज्ञासाको जवाफ दिदै उहाँले आवेश, उत्तेजना र झुट जालझेलको राजनीति नगर्न सचेत गराउनुभएको हो । कोभिड १९ संक्रमणको जोखिममा मुलुक परिरहेका बेला मिलेर अघि बढ्नुपर्ने बेलामा तनाब बढाउने, अनेकता तर्फ देशलाई लैजाने पििरस्थिति होइन । उहाँले नेपालको राजनीति माखे सांङलो जस्तो भएको भन्दै देशलाई बनाउने किसिमको राजनीति गर्न सबैलाई सुझाव दिनुभयो । असमानता र विभेदको अन्त्य गर्ने काममा सरकार लागेकाले मित्थ्या आरोपको खेती नगरि तनाब बनाउने काम नगर्न पनि उहाँले सचेत गराउनुभयो ।

उहाँले केही समय अघि लोकतान्त्रिक पद्ध्ति विरुद्ध आन्दोलनरत रहेकाले लोकतान्त्रिक आन्दोलनको चिन्ता गरेकोमा आफुलाई खुसी लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग गर्नुभयो ।
कहिलेकाहीँ देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कोतिर हुने गरेको भन्दै उहाँले चुनाव हुँदा लोकतन्त्र खतरामा नपर्ने बताउनुभयो ।

उहाँले संसदको स्थायीत्वका लागि आफुलाई मतदान गरि संसदलाई बचाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “संसद विघटन होला कि भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी विघटन हुन्छ ? ”
उहाँले आफुले सबैभन्दा ठूलो, धेरै जनमत र सिट भएको पार्टीको हैसियतले आफुले सरकारको नेतृत्व गर्ने हक राख्ने बताउनुभयो । उहाँले नेपाल खनाल पक्षका सांसदहरु सदनमा उपस्थिति नभएको कुरा पनि आफुले बुझेको बताउनुभयो ।

संवाद,सहमति र समझदारीका साथ देश अघि बढ्न आवश्यक रहेको भन्दै विगतका कुरा छोडेर नयाँ ढंगले अघि बढ्न पनि उहाँले प्रस्ताव गर्नुभयो । उहाँले खुट्टा तान्ने मात्रै नभई कोभिड विरुद्धको लडाई, देशको राजनीतिक स्थिरताका लागि एकजुट भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस्