नेपाल-खनालकाे नयाँ पार्टीमा सहभागी हुने वामदेव गौतमकाे घोषणा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालहरुले पार्टी विभाजन गरेमा आफूहरु पनि उनीहरुसँगै नयाँ पार्टीमा सहभागी हुने घोषणा गरेका छन् ।

नेकपा एमालेमै बसेर समानान्तर गतिविधि गर्ने र कमिटीहरु बनाउने विषयमा आफू सहमत हुन नसक्ने तर पार्टी विभाजन भएमा आफू समेत नेपाल–खनालसँगै सहभागी हुने उनले बताएका छन् ।

नेकपा एमाले एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ को जेठ २ गतेमा फर्किनु पर्ने बताएपछि अध्यक्ष ओली त्यो पक्षमा नरहेको बताएका छन् ।

२०७५ को जेठ २ गतेको अवस्थामा फर्कन नमानेकाले आफूले ओलीलाई साथ दिन नसक्ने गौतमले बताएको उनको सचिवालयले जनाएको छ ।

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा…

Posted by Bishwamani Subedi Bimasu on Monday, May 10, 2021


प्रतिक्रिया दिनुहोस्