ओलीलाई आजै सरकारबाट विदा गर्नुपर्छ: भट्टराई

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलाई प्रधानमन्त्रीबाट आजै विदाइ गर्नुपर्ने बताएका छन् । उनले ओलीलाई सरकारको नेतृत्वबाट हटाउनुपर्ने प्रमुख ४ कारण पनि पेस गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत ओली कोरोना नियन्त्रणमा पूर्णरुपमा असफल भएको र लोकतन्त्रलाई धरापमा पारेर भ्रष्टचारजन्य कार्यमा सरिक भएको पनि आरोप लगाएका छन् ।

उनले भनेका छन्,‘कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, संविधान विपरित संसद बिघटन गरेर र दुई तिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको, खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!’


प्रतिक्रिया दिनुहोस्