निषेधाज्ञाको मौका छोपेर व्यापारीले बढाए चिनीको मूल्य

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ ।

८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ ।

साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको खबर नागरिक दैनिकमा छ ।

चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस्