कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । अमेरिकाको कोलोराडोमा एक बन्दुकधारीले जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको छ ।

ति बन्दुकधारीले ६ जनाको गोली हानी हत्या गरेर आफैलाई पनि गोली प्रहार गरेको अमेरिकी प्रहरीले जनाएको छ । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका थिए । सोही बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

मारिनेमा एक महिला बन्दुकधारीको प्रमी रहेको प्रहरीले जनाएको छ । घरभित्र पसे लगतै गोली चलाएका बन्दुकधारीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्