कोरोनासँग लड्न अमिताभले भारत सरकारलाई दिए दुई करोड अनुदान

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । भारतमा कोरोना भाइरस महामारीको दोस्रो लहरको सिकार लाखौँ मानिसहरु भएका छन् । यस्तो क्रममा अस्पतालमा बेड नपाएर अक्सिजनको अभावको कारण धेरै मानिसहरुले ज्यान गुमाएको भारतीय मिडियाले जनाएको छ ।

यस क्रममा भारतीय कलाकारहरु कोरोनासंग लड्नको लागि सबैलाई अपिल गरिरहेका छन् । बलिउड अभिनेता अमिताभ बच्चनले आइतबार सामाजि सञ्जालमा एक पोस्ट सेयर गर्दै कोरोना भाइरससँग लड्न भारतीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्–कोरोना भाइरसलाई जितने एउटा मात्र उपाए हो खोप । त्यसैले सबै जनाले भारतलाई सहयोग गर्नुहोस् ।यस क्रममा अमिताभले कोरोना कियर सेन्टरको लागि २ करोड अनुदान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्