कोरोना संक्रमणबाट कलाकार तथा राज्यसभाका सांसद रघुनाथ महापात्रको निधन

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । कलाकार तथा राज्यसभाका सांसद रघुनाथ महापात्रको आइतबार साँझ निधन भएको छ । कोरोना भाइरस संक्रमित उनलाई केही दिनदेखि भुवनेश्वरको एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको निधन त्यही भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन्–‘कला तथा संस्कृतिको क्षेत्रमा उनले गरेको योगदानलाई भुल्न सकिदैन । परम्परागत कलामा उनको योगदान महत्पूर्ण छ। ’

उनको योगदानको लागि १९७६ मापद्य्मी पुरस्कारले सम्मान गरिएको थियो । २००१ मा पद्य्म भूषण र २०१३ मा पद्य्म विभूषणबाट सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्