जसपामा दुवै हातले लड्डु समाउने निर्णय : ओलीको पक्ष र विपक्ष दुवैमा मत हाल्न पाउने

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल ९जसपा०को आज बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्रीले विश्वासको मत माग्दा ह्विप नलाग्ने निर्णय गरेको छ । महन्त ठाकुर र राजेन्द्र महतो यो प्रक्रियामा तटस्थ बस्न प्रस्ताव गरे पछि मध्य मार्गी निर्णय गर्दै जसपाले तत्काल पार्टीलाई फुट्न बाट बच्चाएको छ ।

ह्विप नलाग्ने निर्णय भए पनि मह्तो ९ ठाकुर पक्षले ओलीलाई मत नदिने प्रस्ट पारिसकेका छन् । जसपाको यो निर्णय सँगै कसैले ओलीलाई मत दिन चाहेमा उसलाई पार्टी ह्विप पनि नलाग्ने भएको छ ।

आफ्नो मतले मात्र सरकार नजोगिने अवस्थामा जसपाले चलाखी पूर्ण निर्णय गरेर आफ्नो सम्बन्ध दुवै तिर जोगाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्