सुवास नेम्वाङ र विष्णु पौडेल राजीनामा रोक्न सक्रिय , माधव पक्षले यस्तो दियो जवाफ

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


माधव पक्षले सामूहिक राजीनामा दिने तयारी गरे पछि नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेता राजीनामा रोक्न सक्रिय भएका छन् । सामूहिक राजीनामाको तयारी गरेर सिंहदरबार भेला भइरहेका बेला ओली पक्षका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल ओलीको सन्देश लिएर सिंहदरबार पुगेका हुन् ।

भेटघाटमा पार्टी एकता विकल्पमा पुन छलफल गर्ने गरी सहमति भएको जनाइएको छ । माधव पक्षले छलफल र वार्ता जारी राख्ने तर आफ्नो तयारी नरोक्ने जनएको छ । अर्को छलफल शीर्ष तहमा गर्ने गरी सुवास नेम्वाङ र विष्णु पौडेल छुट्टिएका थिए ।


प्रतिक्रिया दिनुहोस्