कोरोनाको कहरमा प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न गुर्जो उपयोगी , सेवन गर्ने सही तरिका यस्तो छ

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


सर्वौषधीनाममृतं प्रधानं सर्वेषु सौख्येष्वशनं प्रधानम् ।

सर्वेन्द्रयाणं नयनं प्रधानम् सर्वेषु गात्रेषु शिरः प्रधानम् ।।

(चाणक्य नीतिदर्णपको अध्याय ९ को चौथो श्लोक)

अर्थात सवै औषधिहरुमा गुर्जो मुख्य छ । सबै सुखहरुमा भोजन मुख्य छ । सबै ईन्द्रियहरुमा आँखा श्रेष्ठ छ । सबै शरीरमा शिर प्रधान छ ।

हाम्रो गाँउ घरमा पाईने गुर्जो जसको सेवनले सवै प्रकारको रोगहरुलाई निको पार्ने वा शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने कुरा चाणक्यले उल्लेख गरेका छन् ।

औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्योरो, रुघाखोकी र चिसोमा लाग्ने बाथ लगायत अन्य धेरै रोगको औषधिको रुपमा प्रयोग गरिन्छ । साथै बिभिन्न खालको एलर्जी,चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ ।

संस्कृतमा गिलोयसत्वा भनेर चिनिने यसको वैज्ञानिक नाम टिनोस्पोरा कार्डिफोलिया हो ।

आनन्दमार्गका प्रवर्तक श्री आनन्दमूर्ती जीले गुर्जोको बारेमा प्रकास पार्दै गुर्जोमा सर्वोषदीय गुण रहेको हुनाले यसको विहान बेलुकी सेवनगर्नाले सवै प्रकारका रोगहरु निको हुनुको साथै यसको संरक्षण र संवद्र्धन गर्ने पर्ने कुरामा जोड दिएका छन् ।

भारतीय टेलिभिजनको एक अन्तर्वातामा बाबा रामदेवले पनि अमृता अर्थात गुर्जोको सेवनले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने कुरा बताएका थिए । त्यसै गरि आयुर्वेदका ज्ञाता मानिने बालकृष्ण आचार्यले गुर्जोको सहि तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने उल्लेख गरेका छन् ।

कलमपित्त तथा कलेजो सम्बन्धी समस्यासँगै भाईरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने उनको भनाई छ । नेपालको जुनसुकै वातावरणमा यो लहरा हुन्छ वा खेतीगर्न सकिन्छ ।

त्यसैगरि वनस्पति विज्ञ प्रोफेसर डा। प्रमोदकुमार झाले पनि नेपालमा पाईने गुर्जोको सेवनगर्न सुझाव दिने गरेका छन् । उनका अनुसार गुर्जोमा औषधीय गुणको टिनोस्पोरिन, टिनोस्पाराएड, कर्डिफोलाईड्स, कर्डिफोला, पिक्रोटिन, बरजेनिनलगायतका विभिन्न खाले बहुउपयोगि रासायनिकतत्व पाईन्छन् ।

जसलाई बिहान बेलुकी सेवन गर्नाले बिभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

कसरी गर्ने सेवन ?

गुर्जोको डाँठ सफा गरेर हल्का कुटेर पानीमा रातभरि भिजाई भोलिपल्ट खाली पेटमा नियमित ३ महिनासम्म सेवन गर्नाले पेटमा रोग नलाग्ने आयुर्वेदमा उल्लेख गरिएको छ ।

लहरालाई ५–७ सेमी लामा हुनेगरी काट्ने र साना साना टुक्रालाई फेरि चार फ्याक गरेर काटेर सुकाउने । यसरी सकाइएको टुक्रालाई मुग्रोले थिचेर पनि राखिन्छ । एक हप्ता जति घाममा राम्ररी सुकाएपछि प्रयोग गर्न मिल्छ । यसको भण्डारण गरेरपछि पनि प्रयोग गर्न मिल्छ ।

यसरी सुकाएर धुलो बनाई खाली पेटमा एक चम्चा एक गिलास पानीसँग मिसाएर खान सकिन्छ । त्यस्तै सानो सानो टुक्रा बनाइ पानीमा केही बेर उमालेर पनि यसको सेवन गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्