प्रधानमन्त्रीलाई भेटेर ठाकुर र महतोले भने, ‘विश्वासको मत दिन सक्दैनौं’

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् ।

आज विहान कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि बालुवाटार पुगेका उनीहरुले आफ्ना माग पुरा नभएको भन्दै मत नदिई तटस्थ बस्ने बताएका छन् ।

‘हाम्रो केही काम सम्बोधन गर्नुभएको छ । हामी तपाईंको विपक्षमा पनि उभिदैनौँ । तर हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौं,’ महतोले भने । आफूहरु तटस्थ बस्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्