माधव पक्षका सांसद केसीले राजीनामा नदिने

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


दाङ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन ।

दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षकालागि सांसद बनाएकाले बीचमै राजिनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताए ।

पार्टी भित्र अध्यक्ष केपी ओलीले गरेका केही गलतको बिरोध गरे पनि आफू पार्टी हित बिपरित नलाग्ने उनकाे भनाइ छ ।

घनश्याम भुसालले आज फोनमा राजीनामा दिन भनेको र आफूले राजीनामा नगर्ने जवाफ दिएको केसी जानकारी दिए ।

उनले एमाले भित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने तर, राज्रीनामा वा फ्लोर क्रस गरेर राजनीतिक भविष्य बर्बाद पार्न नहुने धारणा राखेका छन ।

नेपाल पक्षबाट राजीनामा दिने भनिएका सांसदको सुचीमा केसीको नाम पनि छ ।


प्रतिक्रिया दिनुहोस्