संक्रमणकाे जाेखिमः अब कैदी बन्दीसँग भेट्न नपाइने

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


डोटी । जिल्ला कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागार प्रशासनले कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरेकाे हाे ।

कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको कार्यालयका लालबहादुर बोगटीले बताए ।

भेटघाट बन्दसँगै बाहिरबाट कोरोना परीक्षण नगरी ल्याइने कैदीबन्दीलाई समेत रोक लगाइएको उनले बताए । कारागार प्रशासनले जिल्ला अदालतबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ ।

कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउनेबित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ । कारागारमा विभिन्न मुद्दाका दुई महिला र ४६ पुरुषसहित ४८ कैदीबन्दीलाई राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्