बडिमालिका-९ का वडाध्यक्ष बिकको कोरोना संक्रमणबाट मृत्यु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


बाजुरा । कोरोना भाइरस संक्रमणबाट बाजुरामा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष बिनोदकुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

उनको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर बडुवालले जानकारी दिए । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।


प्रतिक्रिया दिनुहोस्