महन्थ ठाकुर र राजेन्द्र महतो देउवा निवास बुढानिलकण्ठमा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन भाेलि प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक समिकरणबारे छलफल गर्न देउवा निवास पुगेकाे बताइएकाे छ ।

प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका हुन ।


प्रतिक्रिया दिनुहोस्