कोरोना संक्रमणबाट त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुखको निधन

प्रकाशित मिति : असार २, २०७८ बुधबार


रुकुम पश्चिम । कोरोना भाइरस संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ ।

कामको सिलसिलामा वैशाख पहिलो हप्ता काठमाडौं गएका ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमै मृत्यु भएको उपप्रमुख चन्द्रकुमारी बुढाले जानकारी दिइन् ।

केही व्यक्तिगत र केही कार्यालयको कामका लागि भनेर मेयर काठमाडौं गएको उनको भनाइ छ ।

काठमाडौंमा उपचारकै क्रममा मेयर बुढाको मृत्यु भएको हो । केही दिन पहिला स्वास्थ्यमा समस्या आएका बुढामा पछि भने कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्