आज कानुन दिवस, कोरोना जोखिमका कारण भौतिक रुपमा कार्यक्रम नहुने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । आज नेपालमा कानुन दिवस मनाइँदैछ ।

विस. २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।

यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानुनी व्यवस्था गरेको थियो । नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइन्छ ।

कानुनसँग सम्बन्धित संघसँस्थाले २०३१ सालदेखि बैशाख २६ गते कानुन दिवस मनाउँदै आएका छन् । कोरोना सङक्रमण जोखिमका कारण यसवर्ष भौतिक रुपमा कार्यक्रम हुने छैनन् ।


प्रतिक्रिया दिनुहोस्