मेडिकेयर सहित चार हस्पिटलद्वारा कोरोनाका बिरामी भर्ना गर्न नसक्ने घोषणा

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौँ । काठमाडौँका चार हस्पिटलले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका बिरामी भर्ना गर्न नसक्ने जनाएका छन। यी अस्पतालहरूले शनिवार देखी अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्या मात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने जनएका छन् ।

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिवार एक विज्ञप्ति जारी गर्दै अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना सङ्क्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएका हुन ।

 

सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ । शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई सङ्क्रमितको मृत्यु भएको थियो । त्यहाँ उपचाररत अन्य सङ्क्रमितलालाई रातरात अन्य अस्पतालमा सारिएको थियो । चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।

 

 


प्रतिक्रिया दिनुहोस्