माधव नेपालको दुख: न नुग्न सजिलो न त भाँचिन

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाण्डौ । सर्वोच्चको फैसला पछि नेकपा छोडेर पुन एमाले रोजेका नेपाल त्यस यता नेकपा(एमाले)मा निरन्तर पेलाइमा परिरहेका छन् । आफूहरू माथिको कारबाही फिर्ता लिएर महाधिवेशन बाट निर्वाचित पदाधिकारी हरू लाई ब्युँताइदिए मात्र पनि सहज रूपमा सघाउन तयार रहेको कुरा उनले अध्यक्ष ओलीलाई पटक पटक जनाइ सकेका छन् । ओलीले यो सरल बाटोलाई समेटा इन्कार गरिरहेका छन् ।

खासमा प्रधानमन्त्री ओली माधव पक्षले माफी माग्नु पर्ने अडानमा छन् भने माधव नेपाल आफूले मात्र कमजोरी नगरेको भन्दै माफी नै माग्न तयार छैनन् । यसरी सत्तारुढ दल न नुग्ने न भाँचिने अवस्थामा पुगेको छ ।

अव के गर्लान् माधव नेपाल ?

नेकपा एमालेको इतिहासमा जतिसुकै ठुलो नेता भए पनि फुटको अनुभव त्यति  राम्रो छैन । कति फुटेर जानेहरू सकिएका छन् या त एमालेमै समाहित हुन आई पुगेका छन् । त्यसैले पनि माधव नेपाल त्यो बाटो हिंड्न् तयार छैनन् जुन बाटो सिपी, राधाकृष्ण र बामदेव हरू हिँडिसकेका छन् ।

ओलीलाई झुकाउने र फकाउने अन्तिम प्रयास  

माधव समूहको बुझाईमा ओली सरकार जोगाउन जे पनि गर्न सक्छन् । त्यसैले  २७ गते सम्म ओलीलाई फकाउन सकिने सम्भावना रहिरहन्छ । त्यसैले सरकार विरोधी गठबन्धनले माधव पक्षका सांसद हरुले तुरुन्तै राजीनामा दिनुपर्ने दबाब दिइराख्दा समेत माधव पर्ख र हेरको अवस्थामा बसेका  छन् ।

नयाँ पुस्ताका नेताहरू लगातार पार्टी एकताको पक्षमा लागी रहेका छन् । माधव पक्षले सेफ ल्यान्ड खोजे पनि ओलीले पुरै झुकाएर मात्र स्पेस दिन खोजेकाले आजको सङ्कट आएको माधव पक्षका   एक नेता बताउँछन्  ।  विश्वासको मत लिनलाई ओलीले २७ गते सम्म आफूलाई लचिलो बनाउन सक्ने सम्भावना छ  त्यही मौकामा आफ्नो पक्ष थप बलियो हुने र पार्टी एकताको आधार तयार हुने आशामा यो पक्ष बसेको छ  । तर त्यसपछि भने ओलीलाई झुकाउने र फकाउने प्रयासमा अन्तिम बिराम लाग्ने निश्चित जस्तै छ ।

गठबन्धनमा आशङ्का 

जसरी भए पनि ओलीलाई सत्ता च्युत गर्ने लाइनमा काङ्ग्रेस माओवादी र राजपा छन् तर नेकपा एमाले मिल्न सक्ने सम्भावना प्रति सबै सशङ्कित पनि छन् । माधव नेपालको ओली सँग झुक्न पनि नसक्ने र छोड्न पनि नसक्ने अवस्था देखेर देउवाले लगातार दबाब दिइरहेका छन् । माधव पक्षले आफ्ना २१ जना निर्वाचित सांसद हरूलाई राजीनामा गराउने भनेर नै  ओलीलाई  हटाउन गठबन्धन बनेको हो । तर , त्यही कुरामै आलटाल गरेकाले गठबन्धनमै माधव नेपाल प्रति शङ्का सुरु भएको छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस्