अख्तियारलाई ब्लाकमेल गर्ने संस्था बनाइयो : शेरबहादुर देउवा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाउनुभएको छ । सनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको बताउनुभयो । उहाँले रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संबैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “उपसभामुखको चुनाव अहिले सम्म नगराई राखेर संबैधानिक प्रक्रिया अपुरो नै राखिएको छ । विरोधीलाई दुख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याईएको छ । ब्लाकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ । ”


प्रतिक्रिया दिनुहोस्