घरमै बसेर स्वास्थ्य त बिग्रँदै छैन ? ५ मिनेटको यो तरिकाले तपाईँलाई बनाउने छ फिट

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


कोरोना महामारीका कारण अहिले देशमा लकडाउन छ ।  लकडाउन नभएको बेलामा पनि बिहानको चिसोमा भाइरस सङ्क्रमणको जोखिम ज्यादा हुने भएकोले मर्निङवाक लाई पनि त्यति राम्रो मानिँदैन  । दिनभरि घरमै भएकाले शारीरिक श्रम त कम हुने नै भइहाल्यो । यसले मानिसको स्वास्थ्य स्थिति बिग्रँदै जाने र शरीर पनि अल्छी हुने सम्भावना ह्वातै बढाइ दिएको छ ।

यही स्थितलाई मध्यनजर गरेर हामीले यहाँ ५ मिनेटको सामान्य कसरतको चर्चा गर्दै छौ जसले हामीलाई फिट र फुर्तिलो राख्न मद्दत गर्दछ ।

५ मिनट वर्क आउट अहिले विश्व भरिनै चर्चामा छ । यसको विधि मानिस  अनुसार फरक फरक प्रयोग भएको पाइए पनि हामी यहाँ सामान्य तरिकाको चर्चा गर्ने छौ जसलाई सजिलै सँग भान्सामा पनि अभ्यास गर्न सकिन्छ ।

बिहान उठ्ने बित्तिकै घरको आफूलाई सहज लाग्ने स्थानमा जानुस् । एउटा टेबल (किचनको  स्याल्ल वा घरको कौसीमा भएको वाल भए पनि हुन्छ नभए बेडलाई यसमा प्रयोग गर्न सक्नु हुनेछ )मा दुवै दुवै हात राखेर दश पटक पुस अप गर्नु होस ।

 

अव नबिसाईकनै दुवै हतले पछाडि तिर बाट पुस अप गर्दाको बेलामा जस्तै टेबलमा समाउनु होस र शरीरलाई हातको बलमा तल माथि गराउनुहोस् यो काम पनि दश पटक जति  गर्नुहोस् ।
अब आराम नगरीकनै अगाडी फर्केर फेरी टेबल समाउनु होस र खुट्टामा भार पर्ने गरी १० पटक उठ्ने बस्ने गर्नु होस ।

 

यसमा ख्याल गर्नु पर्ने कुरा के छ भने यो सबै काम हामीले आफूलाई सहज लाग्ने हिसाबले गर्दै क्रमशः जटिल अभ्यास तिर जान सकिन्छ । जस्तो खुट्टालाई टाढा नजिक राख्ने पुरै बस्न नसके यसलाई हल्का सङ मात्र गर्ने । तपाईँले जसरी गरे पनि मुख्य कुरा गर्नु नै हो ।

अव आफूलाई सिधा अवस्थामा राखेर पैताला को भरमा थोरै माथि तल गर्नुहोस् । यस बेलामा तपाईँको थकान पनि थोरै मेटिन्छ । अव अन्त्यमा सिधा उभिएर दायाँ  खुट्टालाई दायाँ हात तिर सिधा पार्ने प्रयास गर्नुहोस् अर्थात् कम्मरको सिधा सम्म लैजानु होस र यो कार्यलाई पनि १० पटक गरेर अर्को खुटा मा पनि त्यही प्रक्रिया दोहराउनु  होस ।

यो ५ वटा अभ्यासलाई ५ मिनेट सम्म गर्नु होस आफूलाई नपुगेको जस्तो लागेमा यसलाई १० -११ मिनेट जति पनि गर्न सक्नु हुनेछ । तपाईँलाई १-२ दिनमै यसको फाइदा महसुस हुँदै जाने छ ।


प्रतिक्रिया दिनुहोस्