जनताले सधैँ सहदैनन …..

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


भारतले जब चिन सँग कोभिडको उपचार सित  सम्बन्धित उपकरणहरू खरिद गर्ने प्रक्रिया अगाडि बढायो मधुरो सँग भारतीय मिडियामा एउटा आवाज उठ्यो -कोरोनाको पहिलो लहर पछि जुन समय उपलब्ध भएको थियो त्यसमा ठिक सँग काम गरेको भए आज विदेशको सहयोग लिनु पर्ने होइन उल्टो सहयोग गर्न सक्ने अवस्थामा  भारत हुने थियो । अहिले मधुरो सँग उठेको यो आवाजको सामना  प्रधानमन्त्री नरेन्द्र मोदीले कैयौँ वर्ष सम्म गर्नु पर्ने देखिन्छ ।

हेर्दा सामान्य लाग्ने यो सन्दर्भले  भारतीय राजनीतिमा भने अहँ महत्त्व राख्दछ । यसलाई बुझ्न दुई वटा सन्दर्भ काफी छ । भारतले आफूलाई उदाउँदो सुपर पावरको रूपमा चिनाउन करिब  १६ बर्स अगाडि देखिनै विपद्को बेलामा वैदेशिक सहयोग नलिने नीति बनाएको थियो । मनमोहन सिङले २००४मा विदेशी श्रोतबाट सहयोग नलिने घोषणा गरेका थिए । त्यस यता कयौँ आपदाहरुमा भारतले वैदेशिक सहयोग र अनुदान नलिने आफ्नो मान्यतामा कुनै आँच आउन दिएन । आज भारतले सबै सँग जुन सहयोग लिँदै छ यो भारतीय सुपर पावरको अहँ माथि बिझाइ रहेको मान्नेहरू भारतमा कम छैनन् । अर्को तिर लद्धाख भिडन्त पछि  स्वयम मोदीले सयौँ चिनिया प्रडक्टलाई भारतीय बजारमा निषेध गरेका थिए त्यस यता चिनिया समान बहिस्कार गर्ने लहर भारतीय राष्ट्रवादको पहिचान जस्तो बनेको थियो ।

 

भरतमा पहिलो लहर यता काम नभएको होइन , भ्याक्सिन उत्पादनमा भारतले युरोप र अमेरिकालाई समेत पछाडि पारेको थियो भने कैयौँ देशमा लाखौँ डोज भ्याक्सिन अनुदान दिएको थियो । तर सत्ता न हो अलिकति उन्माद र अन्धोपन शायद सत्तासीनलाई सुहाउँदो पनि होला । त्यसैले अक्सिजन उत्पादन , हस्पिटलमा आइसियु र बेड निर्माणमा ध्यान पुगेन बरु महामारीको बेला चुनाव गराउन सकिए सत्तालाई चुनाव प्रचारमा सहज हुने लालसाले धेरै राज्यमा निर्वाचन घोषणा गरियो । भ्याक्सिनको महत्त्व पूर्ण सफलता पछि पनि भारतले आज जे भोगी रहेको छ यसमा अलिकति राजनीतिले पनि काम गरेको छ ।

 

अव नेपालको कुरा गरौँ हामीले त सफलताको कुनै काम नै गरेनौ । सफलताको बिचमा त यस्ता गम्भीर हिसाब किताब बुझाउनु पर्ने हुन्छ एउटा नेत्रीत्वले भने असफलतै असफलता को भारी बोकेका हाम्रा नेताहरूले कुनै जवाफ दिनु पर्दैन ?

जब देश महामारीको सिकार भयो राजनीतिको विरूपी करण पनि बढ्दै गयो । दाउपेच गरेर सत्तामा टिक्ने र दाउपेच गरेरै सत्ता प्राप्त गर्ने अनैतिक हर्कतहरु दिनहुँ प्रकट भए । आफ्नो जनमतमा भर पर्ने त्यसलाई जोगाउने र जनमुखी राजनीति गर्ने ट्रेन्ड नै देखिएन । आचरणका हिसाबले सत्ता पक्ष र विपक्ष उस्तै देखिए अर्थात् एउटै ढ्याङ्गका मुला जस्ता ।

के गर्न सकिन्थ्यो र के गरिएन त्यसको मिहिन खोजी गर्नु अहिले  मेरो उद्देश्य होइन। यहाँ उठाउन खोजिएको कुरा सत्ता र सत्ताका दाबेदारहरू थोरै पनि रचनात्मक हुन सकेनन् भने देशले कसरी दुक्ख पाउँदो रहेछ भन्ने हो ।

हो सत्ता अलिकति मत्त हुँदैन थियो त देशमा कोरोना सँग जुध्न सर्वदलीय पहल हुन्थ्यो होला त्यसो गरेको भए प्रतिपक्षलाई  पनि तत्काल सत्ता प्राप्तिको दाउपेचमा लाग्न अलिकति नैतिक अप्ठेरो पर्थ्यो होला । यदि त्यसो हुँदो हो त जनताका समस्या अल्लि टड्कारो देखिन्थ्यो होला । अस्पतालका सैयाहरु थपिन्थे देशमा बन्द भएका अक्सिजन उद्योगहरू सुचारु गर्न पहल हुन्थ्यो अरू के नै गर्नु पर्थ्यो र ? एक दुई ट्रक अक्सिजन छिमेकी मुलुकलाई पनि बाँड्न पाएको भए हाम्रा प्रधानमन्त्री यो बेला कति उम्दा भाषण गर्दा हुन !?

 

प्रति पक्ष पनि यसमा कम भागीदार छैन यस्तो सङ्कटको बेला सरकारलाई नि सर्त समर्थन गरिदिएर सबै हिसाब किताब यो महामारी पछि खोजेको भए जनताले परिपक्व र भरपर्दो  राजनीतिको दर्शन  पाउँथे । शायद आउँदो चुनावमा त्यसको प्रतिफल पनि आउँथ्यो होला ।

एकातिर आत्मरतिमा डुबेको अनि  थोरै धेरै घेराबन्दीमा अल्झिएको  सरकार र त्यसले केही राम्रो गरेर जनताको मन पो जितिहाल्छकी भनेर डराएको सत्ता पाउन आतुर प्रतिपक्ष  अर्कोतिर जीवनको सबै भन्दा ठुलो त्रासदी बाट गुज्री रहेका बेला समेत  यस्तो उदेक लाग्दो दृश्य हेर्न विवश जनता ।

के सधैँ यस्तै रहला ? के सधैँ सहने जिम्मा जनताको मात्रै हो ? होइन नेपाली जनताको एउटा विशेषता छ यिनले सहन्छन् र  त्यो हद सम्म सहन्छन्  जति बेला सम्म उनले विकल्प देख्दैनन् । त्यसपछि जनता बोल्छन् एउटा तुफान जसरी एउटा  प्रलय जसरी बोल्छन्। नेपाली जनताले खुद्रा हिसाब राख्दैनन् र मोटामोटी हिसाबमा गल्ती पनि गर्दैनन् ।  सहनुको त्यो सफरमा जनता बिलकुल मौन हुन्छन् हो अहिले जस्तै ।


प्रतिक्रिया दिनुहोस्