२१ हजार किलोको रकेट नियन्त्रण बाहिर, शनिबारसम्म पृथ्वीमा खस्ने चेतावनी!

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


एजेन्सी । २१ टन तौलको एक चिनियाँ रकेट अन्तरिक्षमा नियन्त्रण बाहिर गएको छ।

अनियन्त्रित उक्त रकेट पृथ्वी तर्फ द्रुत गतिमा आउँदै गरेको वैज्ञानिकहरुले बताएका छन।

२१ हजार किलोग्राम तौलको उक्त रकेट पृथ्वीमा जुनसुकै ठाउँमा झर्ने डर छ।

उक्त रकेट जहाँ खस्ने छ, त्यहाँ ठूलो क्षति हुन सक्ने भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्।

१०० फिट लामो, १६ फिट चौडा आकारको ‘२०२१-०३५ बी’ नामक यो रकेट प्रति सेकेन्ड चार माइलको गतिमा यात्रा गरिरहेको बताइएको छ।

यो मामिलालाई लिएर अन्तरिक्षको राजा बन्ने क्रेजमा चिनले विश्व सुरक्षा लागि ठूलो खतरा निम्त्यारहेको टिप्पणी भइरहेको छ।

कतिपय बैज्ञानिकहरुले भने उक्त रकेटका भग्नावशेष न्युर्योक या मड्रिड शहरतिर खस्ने आँकलन गरेका छन्। तर, सबै वैज्ञानिक यसमा सहमत छैनन्।

अमेरिकी सरकारले मानव वस्तीबाहिर रकेट खस्ने सम्भावना रहेको भन्दै चेतावनी समेत दिएको डेलिमेलले जनाएको छ।

यो कहाँ खस्छ भन्नेबारे यसको प्रवेश विन्दु यकिन रुपमा अहिले नै निर्धारण गर्न नसकिने बैज्ञानिकहरुले बताएका छन्। डेलीमेलका अनुसार यो रकेट शनिबारसम्म पृथ्वीमा खस्ने अनुमान गरिएको छ।

यद्यपी, पृथ्वीको पर्यावरणमा प्रवेश गर्नु अघि नै रकेट पर्यावरणमा जलेर नष्ट हुनसक्ने अपेक्षा पनि छ ।

२९ अप्रिल बिहीबारका दिन चीनले हिनानमा रहेको वेनचाङ स्पेस लञ्च सेन्टरबाट तियान्हे प्रक्षेपण गरेको थियो। लङ्ग मार्च ५ बी चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो ।


प्रतिक्रिया दिनुहोस्