कैयौँ भारतीय अमेरिकी नागरिक छुट्टाछुट्टै बस्न बाध्य

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन्।

भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन्।

भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ।

यात्रा प्रतिवन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन्।

विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको देखेसो व्यक्त गरेका छन्।

विषेश गरेर कमाउनका लागि घरपरिवार छोडेर बाहिर गएका नागरिक अहिले आफ्ना परिवारसँंगै बस्न नपाएका हुन्।

भारतबाट अमेरिका आउन नपाइने आदेश राष्ट्रपति जो वाइडेनले गत अप्रिल ३० मा जारी गर्नुभएको थियो भने सो आदेश यही मे ४ देखि लागु भएको छ।

यो प्रतिवन्धात्मक व्यवस्था कहिलेसम्म लागू हुन्छ भन्ने एकिन भएको छैन। अनिश्चितकालका लागि लागू भएकाले पनि छुट्टिएकामा थप पीडा र अन्यौलता देखिएको पाइएको छ।

अचानक अनिश्चितकालका लागि छुट्टिएर बस्नु परेकामध्ये कतिपयलाई अत्यावश्यक सामग्रीसमेतको समस्या हुनसक्ने चिन्ता धरैमा देखिएको अधिकारीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्