मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ।

अस्वस्थ भएपछि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पोजेटिभ पाइएको हो।

हाल उनी आफ्नै निवासमा आइसोलेसनमा बसेका छन्। मंगलबार मात्रै उनी गण्डकी प्रदेश सचिवालयमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएका थिए। साँझ उनमा ज्वरो देखिएको थियो।

 

 


प्रतिक्रिया दिनुहोस्