नेप्से ५ अंकले घट्दा १६ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५ अंकले घटेको छ।

अघिल्लो दिनभन्दा (५.०९ अङ्क अर्थात् (०.१९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६४९.६ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६७६।५६७१ र कममा २६४८.५१५५ पुगेको थियो।

आज ७८२८७ कारोबारमा १४७७९५१८ कित्ता सेयरको किनबेच भई ६१७३५४९१४२.०४ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २१८ कम्पनीको सेयर किनबेच भएको हो।

नेप्से आज ५ अंकले घटेपनि आज १६ कम्नपीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतको हाराहारीमा बढेको छ। यी हुन आज सर्वाधिक कमाउने १६ कम्पनी।

यस्तै, आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इनफिनिटी लघुवित्त लगायत केहि सेयर कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ।

यसदिन नेप्सेमा ६ अर्बमाथिको कारोबार भएको छ।

 


प्रतिक्रिया दिनुहोस्