नयाँ दिल्लीमा २ महिनाका लागि निःशुल्क खाद्यान्न र ५ हजार रुपैंया दिने घोषणा

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको समयमा अरविन्द केजरीवाल नेतृत्वको सरकारले राहतको घोषणा गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री केजरीवालले २ महिनासम्म पुग्ने खाद्यान्न निशुल्क दिने र ५ हजार रुपैंया नगद दिने घोषणा गरेका छन्।

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने मानिसहरुले भोकमरीको संकट व्यहोर्नुपर्ने अवस्था आएको छ।

सोही अवस्थालाई मध्यनजर गर्दै केजरीवाल सरकारले यस्तो घोषणा गरेको हो।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार पत्रकार सम्मेलन गरेर त्यहाँका अटो तथा ट्याक्सी चालकलाई दुई महिनासम्म पाँच हजार रुपियाँ प्रदान गर्ने बताएका छन्।

साथै उनले दिल्लीका ७२ लाख रासनकार्ड भएका मानिसलाई निशुल्क खाद्यान्न उपलब्ध गराउने पनि घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस्