केएमसीमा कोरोनाको उपचार गरेको एकैदिनको शुल्क ३० हजार!

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । नीजि अस्पतालमा कोरोना भाइरसका संक्रमणका बिरामीको उपचारको एकैदिनको शुल्क ३० हजारसम्म रहेकाको पाइएको छ।

काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल र स्वास्थ्य मन्त्रालयबीच हालै सहमति भएको थियो। सहमति अनुसार केएमसीले अब ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने छ।

सरकार र अस्पतालबीच भएको सहमति अनुसार अस्पतालले संक्रमितको उपचार निःशुल्क गर्नेछ र, त्यो खर्च सरकारले बेहोर्नेछ।

सहमतिअनुसार सामान्य उपचारका लागि प्रतिदिन ३५००, मध्यम उपचारका लागि ७००० र गम्भीर उपचारका लागि १५ हजार रुपैयाँ सरकारले भुक्तानी दिनेछ।

तर अस्पतालले क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ।

कोरोना संक्रमतिको उपचारमा अस्पतालले नयाँ शुल्क तोकेकोप्रति सर्वसाधारणले आपत्ति जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्