शव परीक्षण गर्न ल्याउँदै गरेको जिप दुर्घटना, थप ४ जनाको मृत्यु

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । बैतडीमा दुःखद दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने कम्तिमा ६ जना घाइते भएका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको सोमबार चट्याङ लागेर मृत्यु भएको थियो।

उनको शव पोष्टमार्टमका लागि आज जिल्ला अस्पताल बैतडीमा लैजाँदै गरेको जिप दुर्घटना भएको हो।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ कै ५० बर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारी रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ।

दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन्। जिप सडकबाट करीब ५ सय मिटर तल खसेको बताइएको छ।

साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।


फोटो : सगुन खबर


प्रतिक्रिया दिनुहोस्