आन्तरिक उडान बन्द : यसरी फिर्ता माग्न सकिन्छ टिकटको पैसा

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । सोमबार मध्यरातिदेखि नेपालमा आन्तरिक हवाई उडान बन्द भएको छ।

बढ्दो कोरोना महामारीका कारण सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।

आन्तरिक उडान बन्द भएपछि अब अग्रिम टिकट बुकिङ गरेका हरुको पैसा फिर्ता हुन्छ की हुँदैन भन्नेबारे चासो उत्पन्न भएको छ।

एयरलाइन्स कम्पनीहरुले यात्रुले टिकट अर्को मितिमा सार्न वा टिकटको पैसा फिर्ता लिन सक्ने जनाएका छन्।

यति एयरलाइन्सले सूचना जारी गर्दै भनेको छ, ‘यात्रुले रकम फिर्ता गर्न टिकट काटेको ठाउँमै सम्पर्क गर्नु पर्नेछ।’


प्रतिक्रिया दिनुहोस्