ललितपुरका सिडिओलाई कोरोना संक्रमण

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य अवस्था बिग्रेपछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो।

कोरोना पुष्टिभएपनि प्रमुख जिल्ला अधिकारी निरौला अहिले आइसोलेसनमा बसेका छन्।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्