‘अमेरिकी आइडल’ को शीष ७ मा पुगे दिवेश पोखरेल

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । अमेरिकी आइडलको प्रतिस्पर्धामा पुनः प्रतिस्पर्धा गर्न गएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) शीर्ष सातमा पुगेका छन् ।

१८ औं संस्करणका उपविजेता पोखरेल ‘अमेरिकन आइडल’ को १९ औं संस्करणमा पनि टप सातमा पुगेका हुन् । सिजन १८ का १० प्रतियोगीले यो संस्करणको गायन प्रतिस्पर्धामा भाग लिने मौका पाएका थिए।

जसमा अर्थर गनसँगै फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस समेत छनोटमा परेका थिए।


प्रतिक्रिया दिनुहोस्