जुलाईसम्म भारतमा खोपको अभाव रहन सक्छः खोप उत्पादक कम्पनी

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । भारतमा कोरोना भाइरसविरुद्धको खोपको अभाव महिनौसम्म हुन सक्ने खोप उत्पादक सेरम इन्स्टिच्युडका प्रमुख कार्यकारीले चेतावनी दिएका छन् ।

एक अन्तर्वार्तामा सेरम प्रमुखले खोपको अभाव आगामी जुलाइसम्म रहने बताएका छन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रणमा लिनका लागि तयारी गर्न असफल भएको अवस्थामा खोपको अभाव भएको र यो अभाव कम्तीमा जुलाईसम्म जारी रहने सेरम प्रमुखले बताएका हुन् ।

खोपको उत्पादन क्षमता दिन भित्र ६–७ करोड मात्रा प्रति महिनाबाट १० करोड मात्रा बताउने तयारी भइरहेका बेला पूनावालाको यस्तो चेतावनी आएको हो ।

सरकारले गएको जनवरीमा कोरोना भाइरसको संक्रमण कम रहेका बेला सम्भावित दोस्रो लहर नियन्त्रण वा त्यससँग जुध्नका लागि कुनै तयारी नगरेको आरोप पूनावालाले लगाएका छन् । उनले भनेका छन्, ‘सबैले भारतमा कोरोना भाइरसको महामारी अन्त्य हुन लागेको वा भएको सोचे, सम्भावित दोस्रो लहर तर्फ ध्यानै गएन ।’
फाइनान्सियल टाइम्स


प्रतिक्रिया दिनुहोस्