भारतको पश्चिच बंगालमा चुनावको परिणामपछि हिंसा, ६ जनाको मृत्यु

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । भारत पश्चिम बंगालमा विधानसभा चुनावको नतिजापछि हिंसात्मक घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राजनीतिक हिंसाको घटनामा ६ जनाको ज्यान गएको उल्लेख गरेका छन् ।

कतिपय सञ्चारमाध्यममा भने मृत्यु हुनेको संख्या ६ जना भन्दा बढी रहेको उल्लेख गरेका छन् । भाजपाले तृणमुलका कार्यकर्ताको आक्रमणबाट आफ्ना ६ कार्यकर्ता मारिएको आरोप लगाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

यता हिन्दुस्तान टाइम्सले सोमबार राजनीतिक दलका कार्यकर्ताबिच कोलकातासहितका स्थानमा झडप हुँदा कम्तीमा ९ जनाको ज्यान गएको स्रोतहरुलाई उल्लेख गर्दै जनाएको छ।

घटनापछि केन्द्रीय गृहमन्त्रालयले पश्चिम बंगाल सरकासँग चुनावको नतिजा पछि भएको हिंसात्मक घटनाको विस्तृत विवरण मागेको छ । यता भारतीय जनता पार्टीले कांग्रेस कार्यकर्ताले आफ्नो कार्यकर्ता माथि आक्रमण गरेको आरोप लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्