मोरङमा थप पाँच संक्रमितको मृत्यु

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


मोरङ । मोरङको विराटनगरमा मंगलबार चार जना कोरोना संक्रमितको ज्यान गएको छ । मोरङकै बेलबारीमा कोरोनाका कारण अर्का एक जनाले ज्यान गुमाएका छन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा चार संक्रमितको मृत्यु भएको हो । अस्पताल प्रशासनका अनुसार मृत्यु हुनेमा विराटनगर, बेलबारी, सुनसरीको धरान र इलामका रहेका छन् ।

विराटनगर महानगरपालिका–१४ का ६२ वर्षीय पुरुषको आज बिहान २ बजेतिर मृत्यु भएको हो । उनी सोमबार अस्पताल भर्ना भएका थिए ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका–४ का २९ वर्षीया महिलाको पनि नोबेलमै मृत्यु भएको हो । उनलाई वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा निमोनियाको पुरानै समस्या रहेको बताइएको छ ।

सोमबार अस्पताल भर्ना गरिएकी धरान उपमहानगरपालिका–८ की ७७ वर्षीया महिलाको पनि उपकारको क्रममा बिहान ५ बजेतिर मृत्यु भएको छ ।

सप्तरी हनुमाननगर–कंकालिनी नगरपालिका–२ का ३५ वर्षीय पुरुषको बिहान ५ः४५ बजेतिर नोबेलमै मृत्यु भएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो ।

यता मोरङको बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । नोबेल अस्पतालमा वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।


प्रतिक्रिया दिनुहोस्