चट्याङ लागेर प्रहरी चौकी प्रमुखको मृत्यु

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक (असई) महादेव ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा ठाकुरलाई चट्याङ लागेको थियो । चट्याङले गम्भीर घाइते भएका ४७ वर्षीय ठाकुरलाई उपचारको लागि तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुर्‍याउना साथ चिकित्सकले ठाकुरलाई मृत घोषणा गरेका थिए । भारतसँगको सीमा नजिक रहेको अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङ ठाकुरलाई लागेको सहकर्मीले बताएका छन् । गस्तीमा खटिएका अरु प्रहरी भने सकुशल छन् ।


प्रतिक्रिया दिनुहोस्